महिला पत्रकारलाई अफिस जानबाट रोकियो

मेरो नाम शबनम डवरान हो। म अफगानिस्तानमा विगत ६ वर्षदेखि पत्रकारिता गर्दै आएकी छु म अफगानिस्तानको सरकारी मिडिया आरटीएमा काम गर्छ जब तालिबानले कब्जा लियो तब मैले हार मानिनँ। म अफिस गएँ तर दुर्भाग्यले मलाई अफिसमा प्रवेश गर्न दिएन । मैले आफ्नो परिचय पत्र देखाएँ। तर मलाई अब मैले नोकरी खान नपाउने बताइयो किनभने नियम फेरिएको छ रे । जसले मेरो कुरा सुनिरहेका छन्, उनीहरुले कृपया मद्दत गर्नुहोस्। हाम्रो जीवन खतरामा छ। अफगानिस्तानकी एक कार्यक्रम प्रस्तोता शबनमको यो भिडियो सोसल मिडियामा शेयर भइरहेको छ । यो भिडियोमा उनले यही कुरा गरिरहेकी छिन् समाचार एजेन्सी एएफपीले यो भिडियो जारी गरेको छ ।

तालिबानले काबुलमा कब्जा गरेपछि पत्रकार सम्मेलन गरेको थियो उक्त पत्रकार सम्मेलनमा तालिबानले भनेको थियो, ‘महिलालाई शरिया कानून अनुसार काम गर्ने स्वतन्त्रता हुनेछ। यद्यपि, अब अफगान सरकारी च्यानलबाट एक महिला पत्रकारलाई हटाएको कुरा सार्वजनिक भएको छ । यसबारे तालिबानको तर्फबाट हालसम्म कुनै जानकारी दिएको छैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *