अबको मौसम यस्तै रहनेछ, अबको ३–४ दिनसम्म पानी पर्ने सम्भावना छैन

सिलगढी: मनसुन जुनको पहिलो हप्तामा नै उत्तर बंगालमा प्रवेश गरेको छ। जसको परिणाम उत्तर बंगालका विभिन्न जिल्लामा विगत केही दिनदेखि लगातार वर्षा भइरहेको छ । केही स्थानमा सामान्य वर्षा भइरहेको छ भने अन्य स्थानमा भारी वर्षा भइरहेको छ ।
लगातारको वर्षाका कारण उत्तर बंगालमा समस्या बढ्न सक्छ । मौसम विभागले आगामी ३–४ दिनसम्म सिक्किमसहित उत्तर बंगालका विभिन्न जिल्लामा भारी वर्षा हुने अनुमान गरेको छ । दार्जिलिङ, कालिम्पोङ, जलपाईगुडी, अलिपुरद्वार र कुचबिहारमा तेज हावासँगै भारी वर्षा हुनेछ। अलिपुरद्वार, जलपाईगुडी र कुचबिहारमा अधिकतम वर्षा हुने अनुमान गरिएको छ। यी तीन जिल्लाका केही स्थानमा २०० मिलिमिटरभन्दा बढी वर्षा हुनसक्छ । यसका साथै दार्जिलिङ र कालिम्पोङ जिल्लाका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । यहाँ वर्षालाई ध्यानमा राख्दै प्रशासनले नदी किनारका बासिन्दालाई सचेत गराएको छ । खोलामा जान निषेध गरिएको छ । विशेष गरी जलपाईगुडी क्षेत्रमा टिस्टाको किनारमा बसोबास गर्ने मानिसहरूलाई समस्या बढ्न सक्छ। यसका साथै दुवारका विभिन्न नदीमा पानीको बहाव बढ्ने सम्भावना रहेको छ । हालै वर्षाका कारण पहाडी क्षेत्रमा टिस्टाको पानीको सतह बढेको थियो, जसका कारण जलपाईगुडीमा डरलाग्दो अवस्था सिर्जना भएको थियो ।