बांगरी नदीको पानीको बहाव बढ्यो, खोलाको पानी सडकमा बग्यो, यातायात ठप्प        

उत्तर बङ्गालमा लगातारको वर्षाका कारण सबै नदीको पानीको सतहमा उल्लेख्य वृद्धि भएको छ । नदीमा पानीको बहाव बढेसँगै समस्या पनि बढ्दै गएको छ । मदारीहाट ब्लकको जमतला नजिक बांगरी खोलाको पानीको बहाव यति बढेको छ कि खोलाको पानी सडकमा बगेको छ ।जसका कारण सञ्चार पुर्ण रुपमा बन्द भएको छ । यातायात बन्द हुँदा मदारीहाट, तोतोपाडा, बल्लालगुण्डी, हन्तापारा लगायतका क्षेत्रहरु अवरुद्ध भएका छन् । खोलाको पानी सडकमा बगेपछि सवारी आवागमन ठप्प भएको छ । सर्वसाधारणले यातायात र सुविधाको चर्को बोझ खेप्नु परेको छ । वर्षा यसरी नै भइरह्यो भने पूरै क्षेत्रमा बाढी आउन सक्ने डर छ ।