मिरिक महकुमाअन्तर्गत टिङलिङ प्वाली धुराका आमा छोरी ठूलो उपलब्धि प्राप्त गरेका छन्। आमा रिया प्रधान छेत्री अनि छोरी समृद्धि छेत्रीले गत 30 अगस्तमा दार्जीलिङको भानु भवनमा सकुन प्रोडक्शनद्वारा आयोजित फेस अफ द दार्जीलिङ प्रतियोगितामा मिस ग्लोरियस अनि साइनिङ स्टार उपाधि हत्याए। तिनीहरूको उपलब्धिले क्षेत्रको नाम पनि सबैतिर चर्चा आइरहोक छ। आमी रिया प्रधान छेत्रीले प्रतियोगितामा फेस अफ द दार्जीलिङको उपाधि प्राप्त गरेकी हुन् भने छोरी समृद्धिले किड्स क्याटोगेरीमा साइनिङ स्टारको ताज पहिरिइन्।
आमा -छोरीको यस्तो उपलब्धिदेखि हर्षित बन्दै टिङलिङ चियाबारी नव प्रतिभा समाजले कार्यक्रम आयोजन गरेर दुवैलाई बधाई टक्राएको छ। समाजका सचिव वल्लभ अधिकारी अनि सदस्य अशोक छेत्रीले आमा छोरीको यस उपलब्धिमा समग्र गाउँ नै खुशी बनेको बताए। यस अवसरमा उक्त प्रतियोगितामा फेस अफ दार्जीलिङ टाइटलका विजेता रोशनी कुमारीलाई पनि बधाई दिइएको तिनीहरूले बताए।
आमा-छोरीको उपलब्धिमा गाउँ नै खुशी
