गौरीहाटमा सुरु भयो परम्परागत बरुणी स्नान मेला, भक्तजनको भीड लागेको छ

जलपाईगुडीको मोहितनगरको गौरीहाटमा आजदेखि उत्तर बंगालको परम्परागत बरुणी मेला स्नान सुरु भएको छ। योसँगै गौरीहाट मेला ८२ औं वर्षमा प्रवेश गरेको छ । हरेक वर्ष झैँ यसपटक पनि बरुणी मेला र स्नानमा सहभागी हुन भक्तजनको भीड लागेको छ ।गौरीहाटको उत्तरतर्फ बग्ने कार्ला नदीको किनारमा परापूर्वकालदेखि नै विभिन्न क्षेत्रका तीर्थयात्री बरुनीमा स्नान गर्न आउने गरेका छन् ।

 यस स्नानको वरिपरि ठूलो मेलाको आयोजना गरिन्छ। यसपटक पनि स्थानीय आयोजकले सात दिने मेला आयोजना गरेका छन् । यहाँ उत्तर कर्ला नदीमा नुहाउन उत्तर बङ्गालका विभिन्न जिल्लाबाट तीर्थयात्री आउने गर्दछन् । आजदेखि सुरु भएको बरुणी मेला वैशाख १४ गतेसम्म चल्ने छ ।

तर बरुणी स्नान मुख्यतया दुई दिन मात्र चल्नेछ। बरुनी मेलालाई उत्तर बंगालको सबैभन्दा परम्परागत मेला भनिन्छ। गौरीहाटको यो मेलामा । बिहानैदेखि स्नानमा भक्तजनको भीड लागेको थियो । नदीमा नुहाएर मन्दिरमा पूजाआजा गरी भक्तजनले दही खाने परम्परागत रूपमा रहेको छ ।