तालिबानले चिनियाँ साइबर गुप्तचर भर्ना गरेको आरोप

अफगानिस्तानको तालिवान सरकारले नागरिकलाई नियन्त्रणमा लिन चिनियाँ साइबर गुप्तचर भर्ना गरेको भन्दै पश्चिमी मिडियाले समाचार प्रकाशित गरेको छ। तालिवानको अनुरोधमा बेइजिडले उत्कृष्ट संचार विशेषज्ञको समूह काबुल पठाएको र उनीहरूले अफगानिस्तानका नागरिकको फोन कल रेकर्ड गर्ने, इन्टरनेट प्रयोगलाई नियमन गर्न सक्ने तथा सोशल मिडिया नियन्त्रण गर्न सक्ने गरी काम थालेको द मिररले जनाएको छ।

पश्चिमी इन्टेलिजेन्स स्रोतलाई उदृत गर्दै मिररले दिएको समाचार अनुसार सोशल मिडियामार्फत विद्रोहको सम्भावनालाई रोक्न यस्ता प्रविधिसहित चिनियाँ गुप्तचर एजेन्सीका प्रतिनिधि काबुल पुगेका छन्। अरब विद्रोहको समय सोशल मिडियाको व्यापक प्रयोग भएको थियो । मिररले अमेरिकी गुप्तचर स्रोतलाई उद्धृत गर्दै लेखेको छ, चीनले तालिवान आवोस् भनेर यो स्थितिका लागि वर्षौंदेखि अपनत्व महसुस गर्दै आएको छ। यसले नागरिक संचार लामो समयसम्म नियन्त्रणमा राखेको छ ।

तालिवानलाई चीनले यसरी बलियो बनाउन चाहेको छ कि उसविरुद्ध सोशल मिडियामार्फत अहिले विद्रोह नउठोस् । तालिवानले नेशनल रेसिस्टेन्स फ्रण्ट, महिला अधिकारवादी कार्यकर्ताहरूले सहानुभूति बटुल्लान् भन्ने भयका कारण प्रदर्शनहरूमा प्रतिबन्ध लगाएको छ। गत साता दुईजना पत्रकारलाई तालिवान गुटले कुटपीट गरेको थियो। द मिररलाई स्रोतले भनेको छ, चीनले आफ्नो देशमा गरेजस्तै अफगानिस्तानमा पनि सर्भिलेन्स प्रणाली विकसित गरेको अवस्थामा तालिवानले ठूलो शक्ति आर्जन गर्ने स्थान हुनेछ ।’

By Editor

Leave a Reply

Your email address will not be published. Required fields are marked *