द स्टाइल आइकन २के२१ का विजेताहरू

एसआर मोडलिङ स्टुडियोले आयोजना गरेको स्टाइल आइकन २के२१ को ग्रान्ड फिनाले २५ डिसेम्बरमा सिलीगुड़ी नजिकैको फुलबारीमा रहेको स्वस्तिक इकोपार्क रिसोर्टमा आयोजना गरिएको थियो। अलिपुरद्वारका पूरन क्षेत्री र सिलीगुड़ीकी रिद्धिमा सिंघानियाले रनवे कैटेगरीको अवार्ड जिते। फाइनलमा प्रिन्ट कैटेगरीमा रायगञ्जकी अमृता रोय र सिक्किमका रेगेम आर नायक विजयी भएका छन् ।

यो राष्ट्रिय स्तरको सौन्दर्य प्रतियोगिताको छैटौं संस्करण थियो । द स्टाइल आइकन २के२१ मा भारतभरबाट ५० भन्दा बढी सहभागीहरूले भाग लिएका थिए। कार्यक्रमको निर्देशक सम्राट राजपूतले भने, “हाम्रो मुख्य उद्देश्य भारतका विभिन्न भागमा रहेका महत्वाकांक्षी मोडलहरूलाई उनीहरूको प्रतिभा प्रदर्शन गर्न प्लेटफर्म उपलब्ध गराउनु थियो। हाम्रा सहभागीहरूले रूख रोपेर पृथ्वी बचाउने आवश्यकताको बारेमा आम जनतामा चेतना जगाउनको लागि रूख पनि रोपेका थिए।” डायरेक्टर च्वाइस अवार्ड सिलीगुड़ीका आकाश जैसवाल, राप्ती वैद्य र रकिब हकले पाए। अन्य विजेतामा विश्वजित मालाकार, अनिशा सेवा, अनामिका विश्वकर्मा, आदित्य क्षेत्री, करण कुमार, अंकिता कौशल, युवराज दास, याङ्ची लामा थिए ।

By Editor

Leave a Reply

Your email address will not be published. Required fields are marked *