राज्य सरकारले ह्याकिङ काण्डमा गठन गयो जाँच आयोग

सोमवार साँझ मुख्यमन्त्री ममता ब्यानर्जी पाँच दिनको यात्रामा नयाँ दिल्ली पुगिन् मंगलवार बेलुकी ४ बजी तिनले प्रधानमन्त्री नरेन्द्र मोदीसँग बैठक गरिनेछिन् । तिनले राष्ट्रपति रामनाथ कोविन्दसँग पनि भेट गर्ने समय मागेकी छन् । यसपछि तिनले भाजपाविरोधी मोर्चा गठन गर्ने उद्देश्यले कंग्रेस अध्यक्ष सोनिया गान्धीलगायत विभिन्न विपक्षी नेताहरूसँग भेटघाट गर्नेछिन् । तिनी दुइ वर्षपछि दिल्ली गएकी हुन् ।

यता, मुख्यमन्त्री दिल्ली जान अधि कलकत्तामा राज्य सरकारले ह्याकिङ काण्डमा जाँच आयोग गठन गरेको छ । सोमवार मुख्यमन्त्री ममता ब्यानर्जीले भनिन्, पहिलो राज्यको रूपमा पश्चिम बंगालले जाँच आयोग गठन गरेको छ, मन्त्रीमण्डलको बैठकमा यो निर्णय लिइएको हो ।

तिनले भनिन्, आयोगमा सर्वोच्च न्यायालयका पूर्व न्यायाधीश लकुर अनि उच्च न्यायालयका पूर्व मुख्य न्यायाधीश ज्योतिर्मय

भट्टाचार्य रहनेछन् । यो दुइ सदस्यीय जाँच आयोगले अविलम्ब कार्य थाल्ने थाहा लागेको छ । कसरी ह्याकिङ गरियो ? कसले गरे ? को यससँग प्रत्यक्ष अनि परोक्षरूपमा सामेल छन् ? यी सब कुराको जाँच आयोगले गर्नेछ । गैरकानुनी रूपमा कसरी यो गर्न सम्भव छ? त्यो पनि आयोगले हेर्नेछ मुख्यमन्त्रीले भनिन्, यसबारे केन्द्र उद्योगी हुनेछ भनेर सोचेकी थिएँ तर यस्तो नभएकोले मेरो मन्त्रीमण्डलले यो निर्णय लिएको हो।

ममताले भनिन्, सबैलाई नजरबन्दी गरेर राखिएको छ, गत एक सातादेखि संसद चलिरहेको बेला केन्द्रले निश्चय नै सर्वोच्च न्यायालयका कुनै न्यायाधीशद्वारा जाँच गराउनेछ भनी सोचेकी थिएँ। तर सरकारको (केन्द्र) कुनै वास्ता नगरेकोले मैले दिल्ली जानअघि यो जाँच आयोग गठन गर्ने निर्णय लिएँ यस्तो निर्णय लिने हाम्रो राज्य पहिलो हो, हामीले नै जाँच आयोग गठन गर्ने विषयमा जोर दिएका थियौं, तिनले भनिन्|

पेगासस: मुद्दामा मोदी सरकारप्रति विरोधी दलहरूले क्रमशः चाप बढ़ाइरहेछन् अनि अग्रिम पंक्तिमा रहेर तृणमूल कंग्रेसले केन्द्रविरुद्ध मोर्चा खोलेको छ । यसैबीच केन्द्रिय सूचना तथा प्रसारणमन्त्रीको विवृति च्यातेको आरोपमा संसदको चालु अधिवेशनबाट तृणमूलका राज्यसभा सांसद शान्तनु सेनलाई निलम्बन गरिएको छ|

Leave a Reply

Your email address will not be published. Required fields are marked *