चीनबाट आएको जहाजले ओभरसुट गर्यो, एक घण्टाभन्दा बढी समय आकाशमा फन्को मार्यो
Posted on
चीनको छेन्दुबाट काठमाडौं आएको सिचुवान एयरको जहाजले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्न नसकेपछि ओभर सुट गरेको छ ।
विमानस्थलको भिजिबिलिटी कमजोर भएकाले पाइलटले जहाजलाई ओभरसुट गराएका हुन् । मौसम अनुकूल नभएपछि जहाजले एक घण्टाभन्दा बढी समय आकाशमा फन्को मारेको थियो । आज बिहान साढे ६ बजे अवतरणको समय रहे पनि सो जहाज बिहान ७ः५१ बजे मात्रै अवतरण भएको थियो ।
मौसम खराबीका कारण विमानस्थलको भिजिबिलिटी कमजोर भएकाले सो जहाजले ओभरसुट गरेको नेपाल नागरिक उड्डयन प्राधिकरणका एक अधिकारीले जानकारी दिए ।
‘भिजिबिलिटी कम भयो भने, हावाको वेग बढी भयो भने, रनवेमा केही चिज देखियो भने पाइलटले अवतरणको जोखिम लिंदैन र ओभरसुट गर्छ,’ ती अधिकारीले भने, ‘आज भने भिजिबिलिटी कम भएकाले ओभरसुट गर्नुपरेको हो ।’
काठमाडौं उपत्यकाका आकाशमा बिहान हुस्सु लागेको थियो । हुस्सुले आन्तरिक उडान पनि सामान्य प्रभावित भएको थियो । मनसुनी वायुको प्रभावका कारण देशभर बदली र वर्षाको अवस्था छ ।
श्री राजीव चन्द्रशेखर, राज्य मन्त्री, कौशल विकास र उद्यमशीलता मन्त्रालय; र इलेक्ट्रोनिक्स र आईटी मन्त्रालयले, प्रधान मंत्री कौशल विकास योजना (पीएमकेवीवाई) को कम्पोनेन्ट रिकग्निशन अफ […]
दुई साताअघि एक पूर्व राजनीतिक सल्लाहकारले आफू संसद् भवनभित्रै बलात्कृत भएको बताएको घटनाले अस्ट्रेलियालाई स्तब्ध तुल्याइदिएको थियो।ब्रिटनी हिगिन्सले आफूमाथि एक पुरुष सहकर्मीले आक्रमण गरेको बताएकी […]