केरलामा बढ्दो कोरोना सङ्क्रमणको रहस्य

कुनै समय कोरोना महामारी नियन्त्रणमा उदाहरणीय बनेको दक्षिण भारतीय राज्य केरला अहिले भारतमै सबभन्दा धेरै नयाँ संक्रमित भेटिने प्रान्त बनेको छ । बुधबार भारतमा भेटिएका ४२ हजारभन्दा धेरै नयाँ संक्रमितमध्ये २३ हजारभन्दा धेरै केरालामा भेटिएका छन्। भारतमा कोरोना महामारीको दोस्रो | लहर कमजोर थालेको लामो समय भइसक्दा पनि केरलामा किन बढिरहेको छ कोरोना संक्रमण ? यो अहिले धेरैको चासोको विषय बनेको छ। सन् २०२० जनवरीमा भारतमा पहिलो कोरोना संक्रमित केरलामा फेला परेको थियो । उनी चीनको वुहान शहरमा अध्ययनरत मेडिकल विद्यार्थी थिइन् । त्यसपछि विस्तारै कोरोना संक्रमण बढ्न थाल्यो र | कोरला हटस्पट बन्न पुग्यो। मार्चसम्म आइपुग्दा | भारतका आधा दर्जनभन्दा धेरै राज्यमा केरलामा धेरै संक्रमित देखिन थाले। केरला सरकारले भने संक्रमण नियन्त्रणका लागि परीक्षण गर्ने, कन्ट्याक्ट ट्रेसिङ बढाउने र संक्रमितलाई आइसोलेसनमा राख्ने जस्ता कदम चालेको थियो यसले संक्रमणमा उल्लेख्य कमी मात्र आएन कोभिड १९ नियन्त्रणमा केरलालाई रोल मोडलका रुपमा लिन थालियो ।

यस वर्षको गर्मीयाममा आएको कोरोना महामारीको दोस्रो लहरले देशमा ठूलै विनाश निम्त्यायो अन्यत्र दोस्रो हलर क्रमशः कम हुँदै गर्दा केरलामा भने संक्रमण बढ्न थाल्यो र अहिले देशभरिमा दैनिक भेटिने संक्रमितमा समग्र देशको प्रायः तीन प्रतिशत जनसंख्या मात्र रहेको केरलाको भाग आधाभन्दा धेरै देखिएको छ । कोरोना संक्रमण फैलिने दर पनि एक जना भन्दा धेरै छ । यसको अर्थ केरलामा निरन्तर कोरोना संक्रमण फैलिने क्रममा छ । अहिलेसम्म केरलामा मात्र ३४ लाखभन्दा धेरै मानिस संक्रमित भइसकेका छन् भने १६ हजारभन्दा धेरैको मृत्यु भइसकेको छ । विशेषयज्ञहरु भने यो तथ्यांकले राज्यको वास्तविक अवस्था कस्तो छ भनेर नबुझाउने बताउँछन् । प्रति १० लाख मानिसमा परीक्षण दर अन्य राज्यको तुलनामा केरालामा धेरै छ यो राज्यमा एकजना संक्रमित भेटिंदा औसतमा अझ ३० जनाको परीक्षण हुन्छ भने अन्य राज्यमा यस्तो अनुपात दुई मात्र छ । हालै गरिएको एन्टिबडी सर्वेक्षणअनुसार केरलामा ६ वर्षमाथिका ४३ प्रतिशत मानिस कोरोनाको सम्पर्कमा आएको देखिएको थियो ।

जबकि यो संख्या देशभरिको सर्वेक्षणमा भने ६८ प्रतिश थियो । यसको अर्थ अहिले पनि केरला सरकारले कोरोना संक्रमण नियन्त्रणमा राम्रो काम गरिरहेको छ भन्ने छ । एक रिपोर्टका अनुसार गणनामा छुटेका कोरोनाबाट मृत्यु हुनेको संख्या केरलामा सबभन्दा कम छ। केरलामा अहिलेसम्म २० प्रतिशत योग्य जनसंख्याले पूरा डोज भ्याक्सिन लगाइसकेका छन्। यस्तै ५२ प्रतिशतले पहिलो डोज भ्याक्सिन लिइसकेका छन्, जसमा अधिकांश ४५ वर्षभन्दा माथिका मानिस छन् । भ्याक्सिन लगाउनेको यो संख्या समग्र देशको औसतभन्दा धेरै हो । अहिले अस्पतालमा भर्ना हुनेको संख्याभन्दा पनि निरन्तर बढिरहेको संक्रमण चिन्ताको विषय रहेको विशेषयज्ञहरूको भनाइ छ । केरलामा संक्रमण बढ्दा अर्को थप संक्रामक म्युटेसन देखिने हो कि भन्ने चिन्ता पनि विशेषज्ञहरुले गरिरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *