रेलवेमा दुर्घटनाको राउन्ड जारी, अब रंगपानीमा मालगाडी पटरीबाट

सिलगढी (न्युज एशिया) त्यसपछि मालगाडीका दुई डिब्बा पटरीबाट खसेका कारण रंगपानी रेलवे गेट बन्द गरिएको छ ।पटरीबाट खसेका डिब्बा मर्मतको काम भइरहेको छ । गत महिना जुनमा सियालदह–अगरतला कञ्चनजङ्घा एक्सप्रेस रंगपानी नजिकै भयानक दुर्घटनामा परेको थियो।

जसमा १० जनाभन्दा बढीको मृत्यु भएको छ । यो दुर्घटनाको घाउ पूर्णरुपमा निको नभएपनि डेढ महिनाभित्रै अर्को दुर्घटना सार्वजनिक भएको छ।

हावडा-सीएसएमटी एक्सप्रेस मंगलबार झारखण्डको चक्रधरपुरमा पटरीबाट खसेको थियो। तसर्थ रेल किन बारम्बार पटरीबाट खसिरहेका छन् भनेर पनि जनताले छानबिनको माग गरिरहेका छन् ।