बलिउड अभिनेता सलमान खान तथा अभिनेत्री कट्रीना कैफ फिल्म ‘टाइगर–३’ छायांकनका लागि रुस प्रस्थान गरेका का छन् । उनीहरु दुर्बलाई मुम्बई एयरपोर्टमा देखिएको थियो ।
पापराजीहरुले सलमानलाई तस्बिरका लागि अनुरोध समेत गरेका थिए ।
तर, सलमानले उनीहरुको कुरा नसुनि एयरपोर्टतर्फ लागृ ।
त्यही क्रममा सीआइएसएफका एक जना जवानले परीक्षणका लागि सलमानलाई एयरपोर्टको ढोकामा रोके ।
दुई महिना सम्मका लागि विदेशमा रहने भएपछि पापराजीले पनि सलमानसंग सुन्दर शटको माग गरेका थिए ।
त्यही क्रममा सलमान एयरपोर्टको गेटतर्फ अगाडि बढ्छन्, जहाँ टिकट। भिसा र परिचयपत्रको परीक्षण भइरहेको थियो ।
त्यहि समयमा सीआईएसएफका एक जवानले सलमानलाई एयरपोर्ट भित्र जानबाट रोक्नुका साथै पापराजीलाई पनि पछाडि जान भन्छन् ।
त्यसपछि सलमान टीमसंगै उभिन्छन् ।
अहिले सामाजिक सञ्जालमा ती अधिकृतको प्रशंसा भइरहेको छ ।
अहिले ती जवान हिरो भएका छन्, जसले सलमानलाई सेलिब्रेटी नभएर एउटा सामान्य व्यक्तिको जस्तो व्यवहार गरेर ढोकामा परीक्षणका लागि रोकेका छन् ।
1यो सबै घटनाक्रममा सलमान र कट्रनीना संगै देखिउका थिए ।