शिक्षक संगठन एबीटीए र एबीपीटीएको उत्तरकन्या अभियानका कारण सिलगढीको नौकाघाट मोड क्षेत्र रणभूमिमा परिणत

शिक्षक संगठन एबीटीए र एबीपीटीएको उत्तरकन्या अभियानका कारण सिलगढीको नौकाघाट मोड़ क्षेत्र फेरि रणभूमिमा परिणत भएको छ। यस अभियानलाई मध्यनजर गर्दै पुलिसले पहिले नै यसको पूर्ण तयारी गरिसकेको थियो। तीनबत्ती मोड़मा बाँसको ब्यारिकेड लगाएर पानीको फोहोरा सहित ठूलो संख्यामा पुलिस बल परिचालन गरिएको थियो ।एसएससी मार्फत पारदर्शी रूपमा नियुक्ति हुनुपर्ने, केन्द्रीय सरकारी जागिरको दरमा भत्ता उपलब्ध गराइनु पर्ने , बक्यौता भत्ता भुक्तानी लगायतका विभिन्न माग राख्दै सोमबार शिक्षक संगठनको संयुक्त मञ्चले उत्तर कन्या अभियान सुरु गरेको हो । यद्यपि,अभियानलाई लिएर ठूलो संख्यामा तैनाथ रहेको पुलिसले तीनबत्ती मोडमा नै तिनीहरुलाई रोके। सो क्रममा हजारौं कार्यकर्ताले पुलिस ब्यारिकेड तोडेर उत्तरकन्या जान खोज्दा पुलिससँग झडप भयो।अन्ततः पुलिसले आन्दोलनकारीहरुलाई तितर-बितर पार्न पानीको फोहोरा प्रयोग गर्यो। शिक्षक संगठनको तर्फबाट विरोध मञ्चमा सांसद विकास रञ्जन भट्टाचार्य उपस्थित थिए । उनको साथमा एबीटीए महासचिव, एबिपीटीए महासचिव सुकुमार पाइन, ध्रुब शेखर मण्डल, अध्यक्ष सुदिप्त गुप्त लगायत अन्यहरुको उपस्थिती थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *