उत्तर बंगालको बन-जंगल बचाउँन विधायकको आवाज

सिलगढीका बीजेपी विधायक शंकर घोषले उत्तर बंगालको बन-जंगल बचाउँन आवाज उठाएका छन। विधायकले सोमबार सिलगढी जर्नलिस्ट क्लबमा पत्रकार सम्मेलन गरेर यी कुराहरू भनेका हुन। विधायकले भने कि उनी सामूहिक रूपमा भाजपाको तर्फबाट कोलकाताको ग्रीन ट्राब्यूनलमा उजुरी दिनेछन् किनकी राज्य सरकारले उत्तर बंगालको हरियालीलाई लगातार नष्ट गरिरहेको छ। उत्तर बङ्गालको लाटागुडी जङ्गलमा पर्यटनका लागि टाउनशिप निर्माण भइरहेको विधायकले बताए। जसका कारण प्राकृतिक रुपमा हरियाली नष्ट हुँदै गएको छ। फेब्रुअरीमा मुख्यमन्त्रीलाई पत्र पठाइएको थियो, तर विधायकले अझै जवाफ पाएका छैनन्। आजको पत्रकार सम्मेलनमा विधायकले छिट्टै लाटागुडी वन विनाशको विरुद्धमा उभिने बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *