कञ्चनजङ्घा रङ्गशालाको जीर्णोद्धारको काम ६५ प्रतिशत सकिएको मेयरले जानकारी दिए

सिलगढी (न्युज एशिया): सिलगढी महानगरपालिकाले कञ्चनजङ्घा रंगशालालाई नयाँ ढंगले सजाउने र सुन्दर बनाउने काम सुरु गरेको छ । मेयर गौतम देव र उपमेयर रञ्जन सरकारले सिलगढी महानगरपालिकाको बैठक कक्षमा सबै अधिकारी, नगरपालिका आयुक्त र उपायुक्तहरूसँग स्टेडियममा जारी नवीकरण कार्यलाई लिएर लामो छलफल गरे।छलफलको अन्त्यमा मेयरले पत्रकारहरुलाई सम्बोधन गर्दै रंगशालाको मर्मतको काम महानगरपालिकाले गरिरहेको र ६५ प्रतिशत काम सकिएको बताउनुभयो, वर्षाका कारण भित्र काम भईरहेको भएपनि बाहिरको काम भने भइरहेको छ ।

रोकिएको छ। गौतम देवले रंगशाला सजावटको कामलाई तीव्रता दिन यो छलफल भएको पनि बताए । कञ्चनजङ्घा रंगशालामा भोलिदेखि अन्तरविद्यालय र क्लबबीचको ‘मेयर कप’ महिला फुटबल प्रतियोगिता सुरु हुँदैछ जुन साउन ३० गतेसम्म चल्ने छ ।