वानप्लसले भारतमा नवीनतम वानप्लस १०आर लण्च गर्दछ

ग्लोबल टेक्नोलोजी ब्राम्ड वानप्लस ले आधिकारिक रूपमा नवीनतम वानप्लस १०आर भारतमा लण्च गरेको छ। यो डिभाइस मीडियाटेक डिमेण्सिटी ८१००-म्याक्स चिपसेटद्वारा संचालित छ र यसमा १२० हर्ट्ज़ फ्लूइड एमोलेड डिस्प्ले छ। मीडियाटेक डिमेण्सिटी ८१००-म्याक्स ले ८०% सुधारिएको एआई कार्यसम्पादन प्रदान गर्दछ किनभने यसमा डेडिकेटेड मीडियाटेक एपीयू ५८० एआई प्रोसेसर रहेको छ।

वानप्लस १०आर १५०डब्लु सुपरभूक एण्डुरेण्स एडिशन को साथमा ४५०० एमएएच ब्याट्री छ र यो सुरक्षित छिटो चार्जिङको लागि TÜV रीनल्याण्ड द्वारा प्रमाणित छ। यसले विशेष ब्याट्री हेल्थ इन्जिनलाई समर्थन गर्दछ जसले दुई प्रमुख प्रविधिहरूलाई शक्ति दिन्छ – स्मार्ट ब्याट्री हेल्थ एल्गोरिदम जसले म्याक्सिमम चार्जिङ करेण्ट र ब्याट्री हिलिङ्ग टेक्नोलोजीलाई ट्र्याक गर्न र नियन्त्रण गर्न सक्छ जसले चार्जिङ साईकलमा इलेक्ट्रोडहरूलाई निरन्तर मर्मत गर्न अनुमति दिन्छ। वानप्लस १०आर ८०डब्लु सुपरभूक भएका डिभाइसहरूमा ५००० एमएएच ब्याट्री हुन्छ। दुबै संस्करणहरू अनुकूलित स्मार्ट चार्जिङ चिपसँग सुसज्जित छन् जसले डिभाइसमा चार्जिङ व्यवस्थापन गर्छ र चार्जिङ सुरक्षाको ग्यारेन्टी दिन्छ ।
यो ५० एमपी सोनी आईएमएक्स७६६, ठूलो सेन्सर साइज र अप्टिकल इमेज स्टेबिलाइजेशन भएको रियर ट्रिपल क्यामेरा सिस्टम, ८ एमपी अल्ट्रा-वाइड क्यामेरा, २ एमपी म्याक्रो क्यामेरा, १६ एमपी सेल्फी क्यामेरा, थ्रीडी प्यासिभ कुलिङ सिस्टम, अक्सीजनओएस १२.१ एन्ड्रोइडओ १२ मा आधारित तीन प्रमुख एन्ड्रोइड अपडेटहरू र चार वर्षको सुरक्षा अपडेटहरूको साथ आउदछ । वानप्लस १०आर १५०डब्लु सुपरभूक एण्डुरेण्स एडिशन र वानप्लस १०आर ८०डब्लु सुपरभूक क्रमशः आईएनआर ४३९९९ और आईएनआर ३८९९९ बाट सुरु हुन्छ। यो वानप्लस.इन, वानप्लस स्टोर ऐप, अमेजन.इन, वानप्लस एक्सक्लुसिभ स्टोरहरु र पार्टनर आउटलेटहरूमा उपलब्ध हुनेछ। ग्राहकहरूले आईसीआईसीआई बैंक डेबिट, क्रेडिट कार्डहरू मार्फत आईएनआर २००० को तत्काल छुट, आईसीआईसीआई क्रेडिट कार्डको साथमा ६ महिनासम्म नो कस्ट ईएमआई; चयन गरिएका जियो प्रिपेड योजनाहरूसँग आईएनआर ७२०० मूल्यको बोनस र लाभहर प्राप्त गर्न सक्छन्।

By News Editor

Leave a Reply

Your email address will not be published. Required fields are marked *