राजवंशी विद्यालयमा शिक्षक नियुक्तिको मामिलामा सुनुवाई गर्दै जलपाईगुडी सर्किट बेन्चले अर्को बिहीबारसम्म कागजात पेश गर्न आदेश दिएको छ

राजवंशी विद्यालयमा नियमअनुसार शिक्षक नियुक्ति नगरेको भन्दै अदालतमा मुद्दा परेको छ । कलकत्ता हाईकोर्टको जलपाईगुडी सर्किट बेन्चमा आज यस मुद्दाको सुनुवाइ भएको थियो। अदालतले यस विषयमा आगामी बिहीबारसम्म प्रतिवेदन माग गरेको छ ।

राजवंशी भाषा अकादमीका अध्यक्ष तथा राजवंशी नेता वंशिवदन बर्मनमाथि रातारात अस्तित्वहीन राजवंशी विद्यालयमा शिक्षक नियुक्त गरेको आरोप लागेको छ । यस सम्बन्धमा राजवंशी भाषा शिक्षा संसदले कलकत्ता हाईकोर्टको सर्किट बेन्चमा मुद्दा दायर गरेको छ।

जस्टिस विश्वजित बोसको अदालतमा मुद्दाको सुनुवाइ भएको थियो। न्यायाधीशले राजवंशी भाषा प्रतिष्ठान तथा सांस्कृतिक बोर्डलाई आगामी बिहीबारसम्म सबै प्रकारका कागजात बुझाउन आदेश दिएको अधिवक्ता नवीन बारिकले जानकारी दिए ।

By Editor