युवा खेलाड़ीहरूलाई जीतको श्रेय दिए भारतीय कप्तानले भारत आठौंपल्ट साफ कप च्याम्पियन

चम त्कारी कप्तान सुनिल छेत्रीले साफ फूटबल च्याम्पियनशीपमा पाँच गोल गरेर भारतलाई आठौं खिताब दिलाउनमा महत्त्वपूर्ण भूमिका निर्वाह गरे पनि उनले जीतको श्रेय टोलीका युवा खेलाडीहरूलाई दिए। गत दश सालमा भारतका शीर्ष खेलाडी रहने ३७ वर्षीय सुनिलले शनिवार राति नेपाल विरुद्ध फाइनलमा पहिलो अनि आफ्नो करियरको ८०औं अन्तरराष्ट्रिय गोल गरी महान खेलाड़ी पेलेलाई पछि छोड़ेर लियोनल मेस्सीको बराबरी गरे। अखिल भारतीय फूटबल महासङ्घ (एआईएफएफ) को विज्ञप्तिमा छेत्रीले भनेका छन्, युवाहरूलाई हेर्नुहोस्। उनीहरू सबैका निम्ति राम्रो लागिरहेको छ। यो उनीहरूका कठोर म हनतले गर्दा नै सम्भव हुन सक्यो। यहाँ आएर फाइनलसम्म पुग्न हामीलाई २० दिन लाग्यो । यस अवधि हामीले हरेक दिन अभ्यास सत्र र म्याचमा हिस्सा लियौं। यो जीत हाम्रो निम्ति खास रहनेछ कारण पहिलो दुईवटा म्याचमा हाम्रो प्रदर्शन त्यति राम्रो रहेको थिएन। धीमा शुरुवातपछि यस्तो प्रदर्शन गरी खिताब जित्नु सजिलो थिएन।

सुनिल छेत्री तीनपल्ट साफ कप जिले टोलीका सदस्य रहेका छन् । यसअघि उनी २०११ र २०१५ मा यस क्षेत्रीय टुर्नाम ण्टमा खिताब जिले टोलीका सदस्य रहेका थिए। यसपाली मालद्वीपमा भएको टुर्नामेण्टमा पनि भारतीय कप्तानले भारतको आठमा पाँच गोल गरे । उनले शनिवार राति गोल गर्ने भारतका अन्य दुई खेलाड़ी सुरेश सिंह र सहल अब्दुल समदको पनि प्रशंसा गरे। भारतीय कप्तानले भने, मैले सहलको खेलको मजा लिएँ। यसबाहेक सुरेशले यस्तो गोल गर्ने आदत बनाउनु पर्नेछ । यो एउटा पूरा टोलीको प्रयासको परिणाम थियो। हाम ले असाधारण पुनरागमन गर्दै खिताब जित्यौं। यस टोलीमाथि मलाई गर्व छ । विशेषगरी युवा खेलाडीहरूले आफ्नो छाप छोड़े। उल्लेखनीय छ, भारतले शनिवार राति मालद्वीपको नेशनल फूटबल स्टेडियममा खेलिएको फाइनलमा भारतले नेपाललाई ३-० ले पराजित गरी ट्रफी जित्यो । भारतले यसअघि १९९७, १९९३, २००५,२००९, २०११र २०१५ मा खिताब जितेको थियो । यसबाहेक भारत १९९५ २००८, २०१३ र २०१८ मा उपविजेता रहेको थियो ।

फाइनलमा मध्यान्तरको खेलमा गोल हुन सकेन। त्यसपछि सुनिल छेत्रीले ४९औँ मिनटमा गोल गरी भारतले बढ़त दिलाए। यस गोलको साथै सुनिल छेत्रीले सर्वाधिक अन्तरराष्ट्रिय गोलको मामिलामा अर्जेण्टिनाका दिग्गज खेलाड़ी लियोनल मेस्सी (८० गोल) को बराबरी गरे। भारतीय कप्तानले गोल गरेको लगत्तै एक मिनट पछि सुरेश सिंह बाङ्गजामले बढ़तलाई दोब्बर पारे । त्यसपछि वैकल्पिक (सन्स्टीट्यूड) खेलाड़ी साहल अब्दुल समादले स्टपेज टाइम को पहिलो मिनटमा अझ एक गोल थपेर भारतलाई ३-० ले जीत दिलाए । सुनिल छेत्रीलाई म्यान अव् द म्याच, सर्वाधिक गोलदाता (५ गोल) र म्यान अव् द टुर्नामेण्टको पुरस्कार प्राप्त भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *