ब्रह्मपुत्र भ्याली फिल्म फेस्टिवल (बीभीएफएफ) ले 5 दिसम्बरदेखि 8 दिसम्बर 2024-सम्म काहिलीपारा, गुवाहटीको ज्योति चित्रवन फिल्म स्टुडियोमा आयोजना हुने 9औँ संस्करणको घोषणा गरेको छ। यस वर्ष, महोत्सवमा फिल्महरूको जीवन्त छनौट सँगसँगै दर्शकहरूलाई लोभ्याउने तयारी गरिएको छ, जसमा पूर्वोत्तर क्षेत्र अनि त्यहाँभन्दा अघिको सशक्त कथाहरूलाई प्रदर्शित गरिनेछ। यस वर्ष 220 भन्दा अधिक फिल्म प्रविष्टिहरू प्रस्तुत गरियो, तथा महोत्सवमा प्रतिस्पर्धी अनि गैर-प्रतिस्पर्धी दुवै वर्गहरूमा फिल्महरूमा जीवन्त छनौट प्रस्तुत गरिनेछ। यसमा फिचर फिल्महरू, वृत्तचित्र अनि लघु फिल्महरू जस्ता श्रेणीहरू सामेल हुनेछ।
ब्रह्मपुत्र भ्याली फिल्म फेस्टिवलका निर्देशक तनुश्री हजारिकाले भने, “ब्रह्मपुत्र भ्याली फिल्म फेस्टिवलको ९औँ संस्करण ५, ६, ७ र ८ दिसम्बर २०२४ मा गुवाहटीको ज्योति चित्रवनमा आयोजना हुने घोषणा गर्न पाउँदा हामी खुशी छौं। यस वर्ष, हामी क्षेत्रीय भावना र विश्वव्यापी परिप्रेक्ष्य दुवै प्रतिबिम्बित गर्ने फिल्महरूको असाधारण श्रृंखला ल्याउन पाउँदा गर्व गर्छौं। हामी सबैलाई यी चार दिनहरूका लागि हामीसँग सामेल हुन हार्दिक निमन्त्रणा गर्दछौं, जहाँ प्रत्येक साझा कथा र हरेक सपनाले हामीलाई समुदायको रूपमा नजिक ल्याउनेछ।”