भारत र पाकिस्तानको भविष्य आपसमा जोड़िएको छ : इमरान खान

पाकिस्तानका प्रधानमन्त्री इमरान खानले विश्व नयाँ शीतयुद्धतर्फ अग्रसर भइरहेको तर आफ्नो देश कुनै पनि राजनीतिक ध्रुवमा नलाग्ने प्रस्ट पारेका छन् । प्रधानमन्त्री खानले इस्लामावादमा आयोजित ‘शान्तिपूर्ण र समृद्ध दक्षिण एसिया विषयक इस्लामावाद कन्क्लेभ (२०२१) लाई सम्बोधन गर्दै पाकिस्तान कुनै पनि ध्रुवमा नलाग्ने बताएका हुन् पाकिस्तानले पक्षविपक्षमा उभिनुको साटो अमेरिका र चीनबीच जारी मतभेद कम गर्न चाहेको पनि उनको भनाइ थियो ‘अवस्था नयाँ शीतयुद्धतर्फ अग्रसर देखिन्छ र ध्रुवहरू बनिरहेका छन्’, खानले भने, ‘पाकिस्तानले यस्ता ध्रुव गठन रोक्ने प्रयास गर्नुपर्छ किनभने हामीहरू कुनै पनि ध्रुवको अंग बन्नु हुन्न । यसअघि अमेरिका र रुसी महासंघबीचको शीतयुद्धबाट विश्वले धेरै क्षति व्यहोरेका कारण संभावित नयाँ शीतयुद्धमा पाकिस्तान फँस्न नहुने पनि खानले प्रस्ट पारेका छन् ।

पाकिस्तानले साउदी अरब र इरानबीचको विवाद कम गर्ने कार्यमा भूमिका खेलेको भन्दै अमेरिका र चीनको हकमा समेत त्यस्तै भूमिका खेल्न चाहेको पनि खानले बताए । पाकिस्तानले अमेरिकामा हुन लागेको ‘डेमोक्रेसी समिट मा सहभागी नहुने बताएको एक दिनपछि खानले यस्तो टिप्पणी गरेको डन डटकमले जनाएको छ । त्यस्तै, खानले आफ्नो सम्बोधनका क्रममा दक्षिण एसियाको क्षेत्रीय अवस्थाबारे समेत बोलेका थिए । दक्षिण दक्षिण एसियालाई ‘बन्धक’ बनाइरहेको मुख्य समस्या कश्मीर मुद्दा भएको र भारतसँग शान्तिका लागि बढाउँदा कुनै उत्तर नपाएको पनि उनले बताए । भारत र पाकिस्तान दुबै जलवायु परिवर्तनको जोखिममा रहेको भन्दै मिलेर यसप्रति ध्यान दिनुपर्ने पनि खानले बताए । ‘हाम्रो भविष्य जोडिएको छ । हामी दुवैले मिलेर जवलायुमाथि केन्द्रित हुनुपर्छ’, खानले भने, ‘तर विश्व नेताहरूमा यो गम्भीरता देखिरहेको छैन किनभने जलवायु परिवर्तन रोक्ने कदमसँग उनीहरूको आर्थिक स्वार्थ टकराउने गर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *