बैकन्थपुरको जंगलमा लागेको आगलागीबाट वनवासी चिन्तित, वन विभागको निष्क्रिय भूमिकामा वनवासीले प्रश्न उठाएका छन्

बैकन्थपुरको जंगलमा आगलागी हुँदा वनवासी चिन्तित भएका छन्। केही दिनदेखि जंगलमा आगो बलिरहेको तर वन विभागको चासो नदिएको आरोप छ। जलपाईगुडीको बैकन्थपुर जंगलको बेलाकोबा रेन्जको बोडागञ्जसँग जोडिएको नाधाबारी क्षेत्रमा आगलागी भएको छ। यस आगलागीमा वन विभागको निष्क्रिय भूमिकामाथि वनवासीले प्रश्न उठाइरहेका छन्। यससँगै इलाकावासीमा पनि आक्रोश फैलिएको छ। बैकन्थपुर जंगलमा आगलागीको घटना नौलो होइन। यसअघि पनि जङ्गलका विभिन्न क्षेत्रमा आगो बल्ने गरेको देखिन्छ।
तर, वनकर्मी सही समयमा पुग्दैनन्। यसपाली पनि त्यस्तै देखिएको छ। विगत केही दिनदेखि नाधाबारी क्षेत्रको जंगलमा आगलागी भईरहेको तर वनकर्मी आगो हेर्न समेत नआएको गाउँलेको गुनासो छ। यस्तो अवस्थामा वनको सुरक्षामा प्रश्न उठ्ने गरेको छ। वन विभागको भूमिकामाथि पनि प्रश्न उठेको छ। जङ्गलमा आगलागीको यो घटनामा धेरै वन्यजन्तुको ज्यान जाने खतरा रहेको छ। यस सम्बन्धमा जलपाईगुडी बेलकोबा रेन्जर चिरञ्जित पालले भने, ‘मैले पत्रकार मार्फत आगलागीको जानकारी पाएको छु। थाहा पाउनासाथ हामी तुरुन्तै घटनास्थल पुगेर आगो निभाउन थाल्यौं। अहिले अवस्था सामान्य छ। कहिलेकाहीँ जलपाईगुडीको जंगलमा आगलागीका घटनाहरू देख्न सकिन्छ। घटनाबारे वन विभागले अनुसन्धान गरिरहेको छ।