प्रवासी मजदुरको भाग्य, रातारात करोडपति बने

माल्दा : एक प्रवासी मजदुरको भाग्य रातारात फेरियो। उनी करोडपति बनेका छन्। करोडपति बनेका युवकको नाम मुन्ना अली (३०) हो। उनको घर हरिश्चन्द्रपुरको मर्दंगीमा छ। बिहीबार दिउँसो मुन्ना भवानीपुर ब्रिज चोकमा टिकट बिक्रेता इस्रुल हकबाट रु १५० मा २५ वटा सेम डियर लटरी टिकट किनेका थिए।

साँझ नतिजा आएपछि टिकट नम्बर चेक गर्दा एक करोडको चिठ्ठा जितेको थाहा पाए । लगत्तै मुन्ना र उनका परिवारका सदस्यहरू खुशीले उफ्रिए। यद्यपि लटरीमा यति ठूलो रकम जितेपछि उनले सुरक्षाको अभाव महसुस गर्दै हरिश्चन्द्रपुर प्रहरी चौकीलाई खबर गरेका थिए।

प्रहरीले घटनास्थल पुगेर मुन्नालाई प्रहरी चौकीमा लगेको थियो । स्थानीय स्रोतका अनुसार मुन्नाको परिवारमा वृद्ध बुबा, श्रीमती र छोरा छन्।

By Sonakshi Sarkar