भारत सरकारले सुनेन किसानको माग, किसानद्वारा सेप्टेम्बर २७ का दिन भारत बन्दको घोषणा

भारतको संयुक्त किसान मोर्चाले यही सेप्टेम्बर २७ का दिन भारत बन्दको आव्हान गरेको छ । केन्द्र सरकारले ल्याएको तीन कृषि कानूनको विरोध जनाउँदै मोर्चाले भारत बन्दको आव्हान गरेको हो । 

भारत बन्द र प्रदर्शन शान्तिपूर्ण हुने मोर्चाले जनाएको छ । सर्वसाधरणलाई असुविधा नहुने गरे बन्द गरिने मोर्चाले बताएको छ । 

‘संयुक्त किसान मोर्चाले समाजका सबै किसान वर्गको साथमा उभिन र बन्दको प्रचार गर्न अपिल गरेको छ, ताकि जनतामा पर्नसक्ने असुविधा कम हुन्,’ समाचार एजेन्सी पिटीआईले समाचार लेखेको छ । 

भारत बन्दको दिन केन्द्र तथा राज्य सरकारका कार्यालय, बजार, पसल, कारखाना, विद्यालय, कलेज तथा अन्य शैक्षिक संस्थाहरुमा काम गर्न अनुमति नदिइने मोर्चाले जनाएको छ । भारत बन्द विहान ६ बजे सुरु भएर साँझ ४ बजेसम्म कायम रहेन बताइएको छ । 

मोर्चाको अनुसार बन्दको दिन सार्वजनिक तथा निजी सवारी साधनहरु पनि सञ्चालन गर्न पाइने छैन । दमकल, एम्बुलेन्स जस्ता आपत्कालिन सेवाका सवारी साधनलाई सञ्चालनमा कुनै अवरोध नगरिने मोर्चाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *