दार्जीलिङमा प्रवेशको तयारीमा द बडी शप

कस्मेटिक र टाइलेट्रीजको प्रतिष्ठित विश्वव्यापी रिटेलर द बडी शप दार्जीलिङमा प्रवेश गर्न तयार छ। बडी शपले २२ मई २०२२-मा दार्जीलिङ्गमा आफ्नो पहिलो स्ट्याण्डअलोन स्टोर खोल्यो। यो आउटलेटले छालाको स्किन केयर, बाथ एण्ड बडी, मेकअप, हेयर, फ्रेग्रेन्स, पुरुष र गिफ्ट्सहरूका लागि १००% शाकाहारी र पशु क्रूरता मुक्त उत्पादनहरूको विस्तृत श्रृंखला प्रदान गर्दछ। स्टोरले छाला केयर कन्सल्टेशन र मेकअप एप्लिकेशन जस्ता विशेषज्ञ सेवाहरू प्रदान गर्दछ।

ग्राहकहरूले नमिनल फीमा द बडी शप कस्टमर लयल्टी प्रोग्राम “लभ योर बडी” मा नामाङ्कन गर्न सक्छन्। उनीहरूले उत्कृष्ट सदस्य लाभहरू, वर्षभरि छूटहरू, सदस्यहरूको विशेष प्रस्तावहरू, सबै महत्त्वपूर्ण ब्राण्ड इभेण्टहरूमा भीआईपी पहुँच र अन्य धेरै सुविधाहरूको आनन्द लिन सक्नेछन्। बडी शपका भारतका ६० शहरहरूमा २०० भन्दा बढ़ी स्टोरहरू छन् जसमा स्ट्याण्डलोन, मल, शपिङ सेण्टरहरू, हाई स्ट्रीट्स, डिपार्टमेन्ट स्टोरहरू र एयरपोर्टहरूमा उपलब्ध शप-इन-शपहरू समावेश छन्।

द बडी शप इण्डियामा सञ्चालन, भीएम र ग्राहक सेवाका जेनरल म्यानेजर विशाल चतुर्वेदीले भने, “२००६ मा भारतमा बडी शपको स्थापना भएदेखि हामी डेम अनिता रोडिकको विचार, आदर्श र नैतिक प्रतिबद्धताबाट प्रेरित भएका छौं।”

By News Editor

Leave a Reply

Your email address will not be published. Required fields are marked *