तेस्रो पर्यटन कार्य समूह बैठक श्रीनगरमा सुरु भयो

भारतको जी20 अध्यक्षता अन्तर्गत, श्रीनगर, जम्मू र कश्मीरमा तेस्रो पर्यटन कार्य समूह बैठक मई 22 देखि सुरु भएको थियो। जी20 प्रतिनिधिहरूको साथमा, केन्द्रीय पर्यटन मन्त्री जी किशन रेड्डी र जी20 शेर्पा अमिताभ कान्त बैठकको पहिलो दिनमा उपस्थित थिए। तीन दिनसम्म चलेको यस बैठकमा देशभरबाट ६० विदेशी प्रतिनिधि र पर्यटनसँग सम्बन्धित विभिन्न संघसंस्थाका करिब ६५ प्रतिनिधिको सहभागिता रहेको थियो।

बैठकको पहिलो दिन शेर–ए–कश्मीर कन्भेन्सन सेन्टरमा फिल्म, पर्यटन प्रवद्र्धन गर्ने पक्षीय कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रममा ‘भारत एक चलचित्र पर्यटन गन्तव्य’ भन्ने विषयमा चर्चा भएको थियो। अन्तमा ‘विश्व परिप्रेक्ष्यबाट चलचित्र पर्यटनको आर्थिक फाइदा’ र ‘गन्तव्यमा चलचित्र पर्यटनको प्रभाव’ विषयमा प्यानल चर्चा भएको थियो ।

यस कार्यक्रममा, जी-20 शेर्पा अमिताभ कान्तले उद्घाटन भाषण दिए। उनले भने, ‘यो बैठकले पर्यटन उद्योग फस्टाउनेछ, र पर्यटक हरु मा उच्च प्रभाव पर्ने  छ। यस कार्यक्रममा विभिन्न वक्ताहरुले चलचित्रको माध्यमबाट गन्तव्य प्रवर्द्धनका लागि अपनाइएका विभिन्न चुनौति र देश–विशिष्ट पहलका बारेमा प्रकाश पारेका थिए । प्यानल चर्चा मा स्पेन, सिंगापुर, मौरिसस, नाइजेरिया, दक्षिण अफ्रिका, ब्राजिल र भारतबाट सहभागिता रहेको थियो ।पर्यटन कार्यदलको तेस्रो बैठकमा प्रतिनिधिहरुले सरकारले आयोजना गरेको कला तथा शिल्प बजारको समेत अवलोकन गरेका थिए । तीन दिने कार्यक्रमले ग्रीन टूरिज्म, डिजिटाइजेसन, स्किलिङ, टुरिजम एमएसएमई र गन्तव्यलगायत, पाँच प्रमुख प्राथमिकताका क्षेत्रहरूमा केन्द्रित हुनेछ। पर्यटन कार्य समूहको पहिलो बैठक फेब्रुअरीमा, गुजरातको कच्छको रणमा र दोस्रो अप्रिलमा पश्चिम बंगालको सिलिगुडीमा भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *