ठाकुरनगर रेलवे गेटमा बिजुलीको तार चुड़िएर झरेपछि यातायात ठप्प

ठाकुरनगर रेलवे गेटमा बिजुलीको तार चुडिएर झरेपछि यातायात ठप्प भयो। जसका कारण सुरक्षाको दृष्टिले सवारी आवागमन पूर्णरुपमा रोकिएको थियो। रेल पनि रोकिएको थियो। प्राप्त जानकारी अनुसार, आज बिहान गोरामोडबाट ठाकुरनगर रेलवे गेट पार गर्ने क्रममा एउटा ट्रकको माथिल्लो भागले बिजुलीको तार चुड़ाएको हो। दुर्घटना हुन नदिन रेल गेट तुरुन्तै बन्द गरिएको थियो। जसका कारण सवारी आवागमन ठप्प भयो। रेलवे गेटका दुवैतर्फ एक किलोमिटरभन्दा बढी सवारीसाधनको लामो लाइन लागेको थियो। करिब एक घण्टासम्म यात्रुहरु अलपत्र परेका थिए ।यद्यपि, रेलवे लाइनमा बिजुलीको तार चुडिएर झरेको खबर पाउने बित्तिकै रेलवेकर्मी र सीआरपीएफ घटनास्थल पुगेका थिए। घटनास्थलमा एनजेपी थानाको पुलिस पनि पुग्यो। केही बेर पछि नै मर्मतको काम तीव्र गतिमा सुरु भयो। पुलिसले आरोपी ट्रकलाई नियन्त्रणमा लिएको छ । तर, ट्रकका चालक र खलासी भने फरार छन्।

By Priyanka Bhowmick

Leave a Reply

Your email address will not be published. Required fields are marked *