पूर्वी लद्दाख सीमामा चीनसँग तनाव जारी छ : भारतीय वायुसेना प्रमुख

भारतीय वायुसेना प्रमुख एयर चिफ मार्शल वीआर चौधरीले पूर्वी लद्दाख सीमामा चीनसँग तनाव जारी रहेको बताएका छन्।

शनिबार हैदराबादमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले चीनसँगको तनाव जारी रहेको बताएका हुन्। 

समाचार एजेन्सी पीटीआईसँग उनले भने, ‘तनाव अझै जारी छ। पूर्वी लद्दाखका केही ठाउँमा चिनियाँ सेनाहरू पछि हटेका छन्। तर, सबै स्थानमा सेनाहरु हटिसकेका छैनन्।’

उनले यसबारे विस्तृतमा बताउन चाहेनन्। ‘तर, यति भन्न पर्याप्त छ कि हामी यस क्षेत्रमा छौं। र, यस क्षेत्रमा आउन सक्ने कुनै पनि चुनौतीको सामना गर्न तयार छौं,’ उनले भने।

 यस क्षेत्रमा सेनाको तैनाथीको स्तर गत वर्षको अप्रिल महिनामा जस्तै रहेको छ।

फरक प्रशंगमा उनले तमिलनाडुमा भएको हेलिकप्टर दुर्घटनाबारे छानबिन चलिरहेको बताए। ‘कोर्ट अफ इन्क्वायरी चलिरहेको छ, वरिष्ठ अधिकारीहरूले यस विषयमा अनुसन्धान गरिरहेका छन्। यस प्रक्रियामा सबै पक्षलाई हेरिरहेका छन्। यो प्राविधिक गडबडी वा दुर्घटनाको कारण हुन सक्छ। छानबिन प्रक्रियापछि यथार्थ बाहिर आउँछ,’ उनले भने।

Leave a Reply

Your email address will not be published. Required fields are marked *