टेनिस स्टार नोभाक जोकोभिचले अस्ट्रेलियासँग लडाइँ जिते

टेनिस स्टार नोभाक जोकोभिचको अस्ट्रेलियाको भिसा रद्द गरिदिएको मामिलामा भएको सुनुवाइका क्रममा अदालतले जोकोभिचलाई प्रवासन हिरासत केन्द्रबाट छोड्न आदेश दिएको छ । गत हप्ता अस्ट्रेलियन ओपनमा भाग लिन गएका सर्बियाली खेलाडी जोकोभिचलाई कोरोना खोप नलगाएको भन्दै अस्ट्रेलियाले भिसा रद्द गरिदिएको थियो ।

अस्ट्रेलियाको मेलबर्नमा ओर्लिइसकेपछि आफ्नो भिसा रद्द गरिएपछि जोकोभिचले आफ्नो यो लडाइँलाई अदालतमा लिएर गएका थिए । उनका वकिलहरुको बहसपछि भिसा रद्द गरिएको मामिलामा उनले अस्ट्रेलिया सरकारसँग जितेका छन् । न्यायाधीश एन्थोकी क्यालीले भिसा रद्द गर्ने अस्ट्रेलियाली प्राधिकरणको निर्णय खारेज गरिदिएका छन् । यसको अर्थ अब उनको पहिलेकै भिसा वैध छ र उनी अस्ट्रेलियामा प्रवेश गर्न र बस्न सक्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *