१४ लाख बराबरको सागौन काठ बरामद

कुच बिहार (न्यूज एशिया) आसाम–बंगलादेश सीमामा रहेको जोराई मोर नाका पोइन्ट इलाकाबाट बक्सिरहाट प्रहरी चौकीले ठूलो परिमाणमा सागौनको काठ बरामद गरेको छ । असमबाट बंगालमा अवैध रूपमा तस्करी हुँदै आएको सागौन काठ बरामद हुनु ठूलो उपलब्धि मानिएको छ ।

प्रहरी स्रोतका अनुसार प्रहरीले जोराई मोड नाका पोइन्ट क्षेत्रमा कन्टेनर गाडीको खोजी गर्दा सागौनको काठ फेला पारेको हो ।प्रहरीले वन विभागलाई खबर गरेपछि वन विभागले घटनास्थल पुगेर दाउरालाई नियन्त्रणमा लिएको थियो ।

यस सम्बन्धमा नागौर हाटका प्रहरी अधिकृत तपन नरजिनारीले बक्सिरहाट प्रहरी चौकीले असम–बंगला सिमानामा रहेको जोराई मोर नाकामा असमबाट बंगाल प्रवेश गर्न जाँदै गरेको कन्टेनर गाडीको खोजीका क्रममा ठूलो परिमाणमा सागौनको काठ बरामद गरेको बताए । जसको बजार मूल्य १४ लाख रुपैयाँ अनुमान गरिएको छ । वन विभागले घटनास्थलमा पुगेर काठ र कन्टेनर गाडी नियन्त्रणमा लिएको छ । सम्पूर्ण मामिलाको अनुसन्धान भइरहेको छ ।