ज्यालाको माग गर्दै चिया बगानका मजदुरले सडक अवरुद्ध गरेका छन्

चुनावलाई ध्यानमा राख्दै चिया बगानका मजदुरहरूले ज्यालाको माग गर्दै सडक अवरुद्ध गरेका छन्। लामो समयदेखि पारिश्रमिक नपाउँदा विभिन्न समस्या भोग्नुपरेको यी चिया बगानका मजदुरले बताए ।यही कारणले आज न्यू डुअर्स र चुनावटी चिया बगानका मजदुरहरूले ज्याला तिर्न माग गर्दै जलपाईगुडी बनेरहाट एलआरपी टर्न (हाइरोड) अवरुद्ध गरेर विरोध प्रदर्शन गरेका छन्। यहाँ मजदुरको आन्दोलनलाई मध्यनजर गर्दै ठूलो संख्यामा प्रहरी घटनास्थलमा पुगेर स्थितिमाथि निगरानी राखिरहेको छ ।