सिलगढी सहरको प्रधान नगर थाना अन्तर्गत मोहरगाउँ गुल्मा चिया बगान क्षेत्रबाट बिहीबार शंकास्पद ह्यान्ड ग्रेनेड बरामद गरिएको थियो। घटना सार्वजनिक भएलगत्तै पूरै इलाकामा हलचल मच्चिएको छ । जानकारीका अनुसार आज मोहरगाउँ गुल्मा चिया बगान कार्यालय अन्तर्गतको इलाकाका बासिन्दाले हातगोला जस्तो वस्तु देखेपछि प्रधाननगर प्रहरी चौकीलाई जानकारी दिएका थिए । खबर पाएलगत्तै प्रहरी, आईबी र सीआईडी टोली घटनास्थलमा पुगेर स्थितिको जानकारी लिएका थिए। सुरक्षा निकायले विस्फोटक पदार्थलाई घेराबन्दी गरेका छन् ।
सिआइडीको टोलीले भोलि विष्फोटक पदार्थ निष्क्रिय पारेको बताइएको छ ।