टाटा मोटर्सले गुवाहाटीमा नयाँ व्यावसायिक सवारीका स्पेयर पार्ट्स वेयरहाउस को उद्घाटन गऱ्यो

भारतको सबैभन्दा ठूलो वाणिज्यिक वाहन निर्माता कम्पनी टाटा मोटर्सले आज गुवाहाटीमा एउटा नयाँ वाणिज्यिक वाहन स्पेयर पार्ट्स गोदामको उदघाटनको घोषणा गऱ्यो। यो अत्याधुनिक सुविधा पूर्णरूपमा डिजिटल हो र 1 लाख वर्ग फुटमा फैलिएको छ जसमा सम्पूर्ण वाणिज्यिक वाहनका लागि आवश्यक स्पेयर पार्ट्स उपलब्ध छन्। नयाँ सुविधासित सम्बन्ध भएकोले कम्पनीलाई तीव्र गतिमा काम पूरा गर्नमा सहयोग मिल्नेछ र पूर्वोत्तरमा टाटा अधिकृत सर्विस स्टेशनहरूमा स्पेयर पार्ट्सको उपलब्धता सहज हुनेछ। विश्व स्तरीय आधारभूत संरचना र सुरक्षा उपायहरूद्वारा सुसज्जित यो सुविधाले डिजिटल वेयरहाउस प्रक्रियाहरूको माध्यमद्वारा ग्राहकहरूको लागी अधिक मूल्य प्रस्ताव उपलब्ध गराउनेछ। टाटा मोटर्सले आफ्नो तकनीकि -सक्षम भण्डारण र यातायात समाधानहरूको लाभ उठाउन भारतको सबैभन्दा ठूलो पूर्ण एकीकृत वेयर हाउस सेवा प्रदायक दिल्लीभेरीसँग साझेदारी गरेको छ। यस सुविधामा ग्रेभिटी स्पाइरल र भर्टिकल कन्भेयरहरू सहित विभिन्न आवश्यकताहरू पूरा गर्ने अत्याधुनिक भण्डारण प्रणालीहरू पनि समावेश छन्। यस अतिरिक्त, निर्बाध परिचालन सुनिश्चित गर्नका लागि मध्यम अनि भारी वाहनको बड़ी पार्ट्सको  सन्चालनका लागि एउटा निर्दिष्ट क्षेत्रलाई एकीकृत गरिएको छ।

यस अवसरमा बोल्दै टाटा मोटर्स कमर्शियल भेकल्सको स्पेयर्स र नन भेक्युलर बिजनेसका प्रमुख श्री विक्रम अग्रवालले भने, “गुवाहाटीमा नयाँ वेयरहाउसको उदघाटन टाटा मोटर्सको ग्राहक-केन्द्रित दृष्टिकोणको प्रमाण हो र यो स्पेयर्सको सहज उपलब्धता सुनिश्चित गरेर वाहन स्वामित्वको अनुभवलाई अझ बढ़ाएर लैजानेछ। नयाँ वेयरहाउसले यस क्षेत्रका टाटा अधिकृत सेवा स्टेशनहरूमा स्मार्ट इन्भेन्टरी व्यवस्थापनलाई सक्षम पार्नेछ, जसले गर्दा सेवाको गुणस्तर र सवारी साधनमा वृद्धि हुनेछ। यस नयाँ सुविधाले हामीलाई उत्तर पूर्वको तीव्र गतिमा प्रगति गरिरहेको क्षेत्रमा आफ्ना ग्राहकहरू नजिक लिएर जानेछ जसद्वारा लजिस्टिक अधिक कुशल बन्दछ।”

टाटा मोटर्सले वेयरहाउसको विकसित आवश्यकतालाई सम्बोधन गर्न साना व्यापारिक सवारी साधन र पिकअप, ट्रक र बसहरू समावेश गरी 1टनदेखि 55-टन कार्गो सवारी साधनहरू र 10-सीटरदेखि 51-सीटर मास मोबिलिटी समाधानहरू प्रदान गर्दछ। कम्पनीले आफ्नो 2500 भन्दा अधिक टचपोइन्टहरूको विस्तृत नेटवर्क, प्रशिक्षित विशेषज्ञहरूद्वारा सन्चालित र टाटा जेनुइन पार्ट्सहरूमा सहज पहुँचद्वारा समर्थित अतुलनीय गुणस्तर र सेवा प्रतिबद्धता सुनिश्चित गर्दछ।