टाटा सम्पत्ति प्रबन्धनले टाटा इण्डिया अनोवेशन कोषको शुभारम्भ गरेको घोषणा गरेको छ। यसको उद्देश्य लगानीकर्ताहरूलाई विभिन्न क्षेत्रहरूमा नयाँ रणनीतिहरू अनि थिमहरूलाई अपनाउँदा फाइदा उठाउने इच्छुक कम्पनीहरूमा लगानी गरेर दीर्घकालीन पुँजी वृद्धिको अवसर प्रदान गर्दछ।
११ नोभेम्बर २०२४-देखि एनएफओ (न्यू फण्ड अफर) सदस्यताको निम्ति खुलिनेछ। टाटा इण्डिया इनोवेशन फण्डले अनुसन्धान एवं विकास (आरएण्डडी) अनि मशीन लर्निङ, कृत्रिम बुद्धिमत्ता, डिजिटल परिवर्तन जस्ता प्रविधिहरूको फाइदा उठाउँने परिवर्तनकारी नवीनतामा अग्रणी कम्पनीहरूलाई रणनीतिक रूपले लक्षित गर्नेछ।
टाटा सम्पत्ति प्रबन्धनका मुख्य लगानी अधिकारी राहुल सिंहले भने, लगानीकर्ताहरूलाई यस नवीनतम लहरको नेतृत्व गर्ने कम्पनीहरूको विकास गाथामा सहभागी हुने अवसर दिँदै टाटा इण्डिया इनोवेशन कोष यी परिवर्तनहरूको फाइदा उठाउनको निम्ति बनाइएको हो।