टाटा एआईजी जनरल इन्सुरेन्स कम्पनी लिमिटेडले नयाँ ब्राण्ड अभियान विथ यु लाइक फ्यामिली, विथ यु अलवेज सार्वजनिक गरेको छ जसले परिवारको सुरक्षा गर्न स्वास्थ्य बीमाको महत्त्वलाई उजागर गर्छ। टीबीडब्ल्यूएद्वारा निर्मित यस अभियानले पिता-छोराबीच सम्बन्धको विकासलाई दर्शाउँछ जहाँ जीवनभरको साथ र आर्थिक सुरक्षाको आवश्यकता झल्काइएको छ। यस अभियानको कथाले जीवनका महत्त्वपूर्ण क्षणहरू समेट्छ जहाँ पिताले छोरालाई शिक्षा अनि करियरमा मार्गदर्शन गर्छन्। पछि भूमिकाहरू ठीक उल्टा हुन्छन् जब छोराले आफ्नो वृद्ध पिताको भलाइको ख्याल सुनिश्चित गर्दछ। टाटा एआईजी बीमा योजनाले परिवारलाई आर्थिक रूपमा सुरक्षित गर्न सक्ने भावनात्मक तर व्यावहारिक पक्षलाई दह्रो बनाउनु यस अभियानको उद्देश्य हो।
टाटा एआईजीका सिनियर भाइस प्रेसिडेण्ट अनि हेड अव मार्केटिङ शेखर सौरभले भने, “बिना शर्त आफ्नो परिवारको हेरचाह गर्ने हाम्रा ग्राहकहरूसित यो अभियान सही छ। टाटा एआईजीले तिनीहरूलाई आफ्ना प्रियजनहरूको भलाइ सुनिश्चित गर्ने समाधानहरू प्रदान गरेर साथ दिन्छ। टीबीडब्ल्यूएका सीईओ गोविन्द पाण्डे भने, “टाटा एआईजी स्वास्थ्य बीमा केवल आर्थिक लेनदेन मात्र होइन तर यसले सबै भन्दा आवश्यक पर्ने समयमा विश्वास र सुरक्षाको भावना पनि प्रदान गर्छ।
यो अभियान टेलिभिजन, डिजिटल प्लेटफर्म, ओटीटी र आउटडुअर च्यानलहरूमा छवटा क्षेत्रीय भाषाहरूमा प्रसारण गरिनेछ जसले देशभरि पुग्न सुनिश्चित गर्छ। टाटा एआईजीको स्वास्थ्य बीमा योजनाहरूले अस्पताल भर्ना, बाहिरी उपचार र गम्भीर रोग संरक्षणसहित सम्पूर्ण सुरक्षा प्रदान गर्छ। दुई दशकभन्दा बढ़ीको अनुभवसित भारतभरिका परिवारहरूलाई वित्तीय सुरक्षाको प्रतिबद्धता पूरा गर्दै टाटा एआईजीले एक भरपर्दो बीमा प्रदायकको रूपमा आफ्नो स्थान अझ दह्रो बनाइरहेको छ।