टाटा एआईएद्वारा पश्चिम बंगालमा बीमा जागरूकता अभियानको विस्तार

टाटा एआईए पश्चिम बंगालमा बीमा नियामक र विकास प्राधिकरणको सबैका लागि २०४७ सम्म बीमा को दृष्टिकोणसँग पङ्क्तिबद्ध भएर बीमा जागरूकता बढाउनमा केन्द्रित छ।

कम्पनीले सिलगड़ी अनि कृष्णनगर, नदियामा जीवन बीमा सल्लाहकारहरूको भर्नाको निम्ति करिअर अवसर प्रस्तुतिको आयोजन गर्यो। मुख्य विपणन अधिकारी गिरीश कालराले जीवन बीमाको माध्यमबाट उपभोक्ताहरूलाई सशक्त बनाउनको निम्ति कम्पनीको प्रतिबद्धतामाथि जोर दिएका छन् ।

इण्डस्इण्ड ब्याङ्क अनि मालदाको चार्टर्ड एकाउण्टेण्ट्स एसोसिएशनको सहयोगमा शुरु गरिएको बीमारथ पहलले जुलाई २०२४-सम्म पश्चिम बंगालमा ११ हजारभन्दा अधिक उपभोक्ताहरूको जीवन सुरक्षित गर्नमा सहयोग गरिसकेको छ।