जिलेनियल्सलाई लक्षित गर्दै सोनाटाले शुरू गर्यो नयाँ उत्पाद शृङ्खला

टाइटन कम्पनी लिमिटेडको भारतकै सबैभन्दा अधिक बिक्री हुने घडी ब्रान्ड सोनाटाले युवा पेशेवरहरू, विशेष रूपले जिलेनियल्सको बढ्‌दो वर्गमाथि आफ्नो आधिपत्य जमाउने उद्देश्य लिएर एउटा नयाँ उत्पाद शृङ्खला आरम्भ गरेको प्रेस विज्ञमिमार्फत बताएको छ।

नयाँ सङ्कलनमा आकर्षक, समसामयिक डिजाइनहरू रहेको कम्पनीको दावी छ। सोनाटाका ब्रान्ड प्रमुख प्रतीक गुप्ताले कम्पनीले एउटा नयाँ सोनाटालाई प्रस्तुत गर्न पाउँदा रोमाञ्चित बनेको बताए।

सोनाटाको नयाँ कलेक्शनमा रु. १७२५ मूल्यबाट शुरू हुने ४२ शैली समावेश गरिएको कम्पनीले जनाएको छ।