ताज चिया कुटीर रिसोर्ट एण्ड स्पा, दार्जिलिङ र गोरमेई प्रस्तुत गर्दछ

ताज चिया कुटीर रिसोर्ट एण्ड स्पा, दार्जिलिङले गोर्मेईसँगको सहकार्यमा आफ्नो नयाँ प्रस्तुति ‘द माउन्टेन टेबल’ तयार पारेको छ, जसले पूर्वी हिमालय क्षेत्रका विविध र प्रायः अनदेखा गरिएका परिकारहरूको जीवन्त प्रदर्शनी प्रस्तुत गर्दछ। द माउन्टेन टेबल पूर्वी हिमालय क्षेत्रका जीवन्त तर कम परिचित परिकारहरूको उत्सव हो, जसले कालेबुङ, सिक्किम, दार्जिलिङ, नेपालका केही भागहरू, चीन र भुटानका विविध खाद्य परम्पराहरूलाई समेट्दछ। “शेफ इशिता राई देवान र शेफ क्याथरिन लिमले पहाडका विविधतालाई थालीमा उतार्ने प्रयासस्वरूप स्थानीय सामग्रीहरू, परम्परागत किण्वन प्रविधिहरू, परम्परागत अन्नबालीहरू, वन्य सागसब्जीहरू र पुर्ख्यौली परिकारहरूलाई रोचक ढंगले एकत्रित गरेका छन्।  नेपाली, तिब्बती, लेप्चा, भोटिया र चिनियाँ समुदायहरूको संगम रहेको कालेबुङ-दार्जिलिङ र खरसाङ क्षेत्र ताज चिया कुटिरको माउन्टेन टेबल पप-अप कार्यक्रमको केन्द्रबिन्दु बन्नेछ।  शेफ इशिताको खाद्यान्न परिकारले यो समृद्ध सांस्कृतिक मिश्रणलाई प्रतिबिम्बित गर्छ, जहाँ परम्परागत परिकारहरू जस्तै ढिँडो (मसालादार स्थानीय कुखुरा), कञ्चेम्बा (कोदोका परिकार), खुरिकु (फापरको रोटी) सँग पस्किएको पोलेको खसी वा सुँगुरको मासु, पिठो हालेको सिस्नु, गुन्द्रुक र दालका सलाददेखि लिएर आधुनिक परिकारहरूसम्म समावेश छन्। यस अवसरमा टिप्पणी गर्दै, शेफ इशिता राई देवानले भनिन्, “म जुन परिकारहरू खाएर हुर्किएँ, ती परिकारहरू यहाँ प्रस्तुत गर्दैछु। मेरो पहाडका खाना, कालेबुङ र दार्जिलिङका परिकारहरू र ती परिकारहरू जसको सम्बन्ध पूर्वी हिमालय क्षेत्रसित छ। यी परिकारहरू सादा पारिवारिक भान्साबाट जन्मिएका हुन्, स्वदेशी सामग्री, पुराना प्रविधि र पुस्तौंको मौन ज्ञानले आकार लिएका छन्। जब म नेपाल, सिक्किम, भुटान र तिब्बतबीचको सम्बन्ध जोड्छु, म केवल खाना पकाइरहेकी छैन, म एउटा जीवित पाककला सम्पदालाई सम्मान गरिरहेकी छु जुन सबै सामु देखिनुपर्ने हुन्छ र जसको स्वादलाई स्मरण गर्नैपर्ने हुन्छ।”

शेफ क्याथरिनले क्षेत्रीय खानामा चिनियाँ पाककला र सामग्रीहरूको सूक्ष्म प्रभावलाई अझ प्रस्तुत गर्नेछिन्, जसमा कोर्डिसेप्स च्याउ, ओस्मन्थस फूलहरू, किण्वित तोरी (झाचाई) जस्ता सामग्रीहरू समावेश छन्। यसले देखाउँछ कि कसरी प्रवासन र इतिहासले यो क्षेत्रको अनौठो पाक संस्कृतिलाई आकार दिएको छ। शेफ क्याथरिन लिमले भनिन्, ‘म पूर्वी हिमालयको पाक पहिचानमा बुनेका चिनियाँ सम्बन्धहरूको गहिराईलाई बुझ्न पाउँदा खुशी छु। म विभिन्न सुप (कोर्डिसेप्स च्याउसहित), याङ ताउ फु (भरिएको टोफु), हक्का याम मियन (मासु वा तरकारी राखिएको नुडल्स) तथा हिमालयन पेरिला बियाँसहितको चिनियाँ कन्जीजस्ता परिकारहरू प्रस्तुत गर्न चाहन्छु।” द माउन्टेन टेबल मई २२ देखि मई २८, २०२५ सम्म प्रसिद्ध अल-डे डिनर चिया भेरेन्डामा उपलब्ध हुनेछ। सेट मेनुहरू शाकाहारीका लागि कर सहित भारतीय रूपियाँ ३००० र मांसाहारीका लागि कर सहित भारतीय रूपियाँ ३५०० मा उपलब्ध छन् र दुबै खाना–दिउँसो र बेलुका उपलब्ध हुनेछन्।

यो अनौठो पप-अप अनुभवले कालेबुङकी शेफ इशिता राई देवान र कोलकाताकी शेफ क्याथरिन लिमका असाधारण प्रतिभाहरूलाई एकै ठाउँमा ल्याउँछ, जसले स्थानीय सामग्रीहरू, पुराना किण्वन प्रविधिहरू, पुर्ख्यौली अन्नबालीहरू, वन्य सागसब्जीहरू र परम्परागत परिकारहरूको रोचक मिश्रणलाई कलात्मक रूपमा प्रस्तुत गर्नेछन्। प्रत्येक परिकारले पहाडका कथा सुनाउँछ र क्षेत्रको समृद्ध सांस्कृतिक पृष्ठभूमिलाई प्रतिबिम्बित गर्छ।  यस अवसरमा आफ्नो विचार व्यक्त गर्दै ताज चिया कुटिर रिसोर्ट एण्ड स्पा, दार्जीलिङका महाप्रबन्धक श्री जितेन्द्र सिंह लोतेले भने, ‘द माउन्टेन टेबल पूर्वी हिमालयका दुई प्रतिभाशाली शेफहरूले विशेषरूपमा तयार पारेका परिकारहरू मार्फत हाम्रा पाहुनाहरूलाई रमाइलो प्रदान गर्ने हाम्रो सरल प्रयास हो। ऐतिहासिक मकैबारी चिया बारीको मनमोहक दृश्य र शान्त वातावरणसँग जोडिएर, यसले अविस्मरणीय पाकयात्रा प्रदान गर्दछ।”

By Business Bureau