03
Mar
राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको हत्या गर्ने रुसको प्रयास विफल पारेको युक्रेनका अधिकारीले दाबी गरेका छन् । जेलेन्स्कीको हत्या गर्ने प्रयासबारे थाहा पाएलगत्तै त्यसलाई विफल पारिएको युक्रेनको राष्ट्रिय सुरक्षा एवं रक्षा परिषद्का अधिकारीले बताएका हुन् । परिषद्का प्रवक्ता ओलेक्सी डानिलोभले टेलिभिजनमा सम्बोधन गर्दै युक्रेनले हत्या प्रयासमा संलग्न भनिएका संदिग्ध षडयन्त्रकारीलाई मारेको समेत बताए । समाचार अनुसार चेचेनियाका नेता एवं रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका सहयोगी रमजान कादिरोभले जेलेन्स्कीको हत्या गर्न एक युनिट पठाएका थिए । तर, राष्ट्रपतिलाई मार्न पठाइएको उक्त युटिनलाई पहिचान गरी किएभको उत्तरी क्षेत्रमा अवस्थित होस्टेमेलमा सखाप पारिएको डानिलोभको भनाइ थियो । रुसको संघीय सुरक्षा सेवा (एफएसबी) ले समेत जेलेन्स्कीको हत्या…