08
Nov
भारतको सत्तारूढ दल भारतीय जनता पार्टीको नेतृत्वले विधानसभा निर्वाचनअघि उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलाई विशेष महत्त्व दिन थालेको देखिन्छ । आइतवार भाजपाको राष्ट्रिय कार्यकारिणीको बैठकमा भएको गतिविधिले योगीको कद पार्टीमा बढ्न थालेको संकेत दिएको छ । अर्को वर्ष पाँच राज्यमा विधानसभा निर्वाचन हुन लागेको छ । तर योगीलाई मात्र कार्यकारिणी बैठकमा राखियो । बैठकमा योगीले राजनीतिक प्रस्ताव पनि पेश गरेका छन् । बैठकका लागि योगी आफैं दिल्ली पुगेका थिए भने भाजपाको सरकार भएमा उत्तराखण्ड, गोवा र मणिपुरका मुख्यमन्त्रीहरू भिडियो कन्फरेन्सिङमार्फत जोडिए । योगीलाई सशरीर उपस्थित गराएर भाजपाले उत्तर प्रदेशमा पुनः सत्तामा आउन योगीको महत्त्वलाई संकेत गरेको छ । उत्तर प्रदेशमा पुनः…