WAR

आर्मीनीया र अजरबैजानबीच युद्ध सुरु भएको

आर्मीनीया र अजरबैजानबीच युद्ध सुरु भएको

आर्मीनीया र अजरबैजानबीच युद्धविरामको समय सुरु भएको केही घण्टामै ताजा लडाइँका विवरणहरू आएका छन् ।विवादित नगोर्नो काराबाख क्षेत्रको राजधानी स्टेपनाकर्टमा शनिवार बेलुकी बम पड्किएको प्रत्यक्षदर्शी तथा आर्मीनीयाली सञ्चारमाध्यमले जनाएका छन्।यसअघि दुवै पक्षले एकअर्कामाथि बमबारीको आरोप लगाएका छन् । दुई साताको लडाइँपश्चात् दुवै देशले शुक्रवार मस्कोमा भएको वार्तामा अस्थायी युद्धविराम गर्न सहमति जनाएका थिए ।शनिवारदेखि नै लागु हुने भनिएको युद्धविरामको पालना गर्न आर्मेनिया तथा अजरबैजानलाई अन्तर्राष्ट्रिय अपील गरिएका छन्।
Read More
भारत-चीन सीमा विवाद: डोनल्ड ट्रम्प भन्छन्, ‘समस्या समाधान गर्न सघाउन अमेरिका इच्छुक’

भारत-चीन सीमा विवाद: डोनल्ड ट्रम्प भन्छन्, ‘समस्या समाधान गर्न सघाउन अमेरिका इच्छुक’

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले भारत र चीनबीच विद्यमान तनावलाई आफूले नियालिरहेको र सहयोग गर्न इच्छुक भएको बताएका छन्। उनले दुवै देशसँग अमेरिकाले त्यस विषयमा कुराकानी गरिरहेको जानकारी दिए। राष्ट्रपति ट्रम्पले ह्वाइट हाउसबाहिर पत्रकारसँग कुरा गर्दै भने, "यो एकदमै कठिन परिस्थित हो। हामी भारतसँग कुराकानी गरिरहेका छौँ, हामी चीनसँग पनि कुराकानी गरिरहेका छौँ।" "त्यहाँ दुई देशबीच ठूलो समस्या छ। दुवै आमुन्नेसामुन्ने भएका छन् र हामी अब के हुन्छ हेरिरहेका छौँ। हामी उनीहरूलाई सहयोग गर्न प्रयास गर्दैछौँ।" गत साता सोमवार राति गलवान उपत्यकामा भारत र चीनबीच भएको हिंसक सङ्घर्षमा भारतका वरिष्ठ सैन्य अधिकारीसहित २० सैनिकको मृत्यु भएको थियो। भारतले चिनियाँ सैनिकहरू पनि हताहत भएको…
Read More