Vaishnodevi Temple:

वैष्णोदेवी मन्दिरः बिहान सबेरै भागदौड हुँदा कम्तीमा १२ दर्शनार्थीको मृत्यु, कैयौँ घाइते

वैष्णोदेवी मन्दिरः बिहान सबेरै भागदौड हुँदा कम्तीमा १२ दर्शनार्थीको मृत्यु, कैयौँ घाइते

भारतको जम्मू-कश्मीरस्थित वैष्णोदेवी मन्दिर परिसरमा भएको भागदौडमा कम्तीमा १२ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन्। नयाँवर्षको दिन ठूलो सङ्ख्यामा मानिसहरू मन्दिरमा दर्शन गर्न गएका थिए। उक्त घटनामा २० जना घाइते भएको बताइएको छ। त्रिकुटा पहाडमा अवस्थित मन्दिरको गर्भगृहबाहिर विवाद भएपछि भागदौड भएको थियो। मन्दिरमा प्रत्येक दिन दशौँ हजार मानिस जान्छन्। जम्मू-कश्मीरका प्रहरी प्रमुख दिलबाग सिंहले समाचार संस्था एएनआईलाई बताएअनुसार विवादका कारण मानिसहरूले एकअर्कालाई धकेल्न थालेपछि भागदौडको अवस्था सिर्जना भएको थियो। बिहान २:४५ बजे भएको घटनामा १२ जनाको ज्यान गएको उनले पुष्टि गरे। "वैष्णोदेवी माताको मन्दिरमा भएको भागदौडमा मृत्यु हुनेमा दिल्ली, हरियाणा, पञ्जाब र जम्मू-कश्मीरका नागरिक छन्," घटना भएको स्थान कटराको…
Read More