12
Jul
सरकारले कोभ्याक्समार्फत् अमेरिकी सरकारले नेपाललाई प्रदान गरेको १५ लाख डोज खोप मंगलबारदेखि नै लगाइने भएको छ । अमेरिकाले दिएको जोनसन खोप अभियान भोलिबाट सञ्चालन गरिने स्वास्थ्य सेवा विभागले जनाएको छ । जोनसन खोप ५० वर्षदेखि ५४ वर्ष उमेर समूहका कोभिडविरुद्ध पहिलो मात्रा खोप लगाउन बाँकी सबै नागरिक, पूर्ण र अतिअशक्त अपांगता भएका नागरिक, हाल नेपालमा बसोबास गरिरहेका शरणार्थी र स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी र सरसफाइकर्मीलाई लगाइने भएको हो । योसँगै चीनबाट खरिद गरिएको भेरोसेल खोपको पनि अभियान शुरु हुने विभागले जनाएको छ । खोप ५५ वर्ष र सोभन्दा माथि उमेर समूहका व्यक्तिमा कोभिडविरुद्ध पहिलो मात्रा खोप लगाउन बाँकी, विश्वविद्यालयका प्राध्यापक‚…