26
Aug
अमेरिकी राष्ट्रपति जो बाइडनको आदेशानुसार तयार गरिएको कोरोनाभाइरसको उत्पत्तिसम्बन्धी एउटा गुप्तचर प्रतिवेदन निष्कर्षविहीन रहेको सञ्चारमाध्यमहरूले जनाएका छन्। चीनमा पहिलो पटक देखिएको कोरोनाभाइरस जनावरबाट बाट मानिसमा प्राकृतिक रूपमा सरेको हो वा प्रयोगशालामा भएको दुर्घटनाबाट फैलिएको हो भन्ने विषयमा अमेरिकी निकायहरू एकमत हुन नसकेको बताइएको छ। सो प्रतिवेदनको सारांश छिटै सार्वजनिक हुने बताइएको छ। चीनका विदेशमन्त्रीले सो प्रतिवेदनलाई "विज्ञानविरोधी" भनेका छन्। वाङ यीले राजनीतिक उद्देश्य मात्रै परिपूर्ति गर्ने प्रतिवेदनका लागि वाशिङ्टनले विश्व स्वास्थ्य सङ्गठनको अध्ययनलाई बेवास्ता गरेको बताएका हुन्। संसारभरि ४० लाख मानिसको ज्यान लिएको महामारी चीनको वुहानमा सन् २०२० मा सुरुतिर पहिलो पटक देखिएको थियो। संसारभरि कोभिड फैलिने क्रम रोक्ने प्रयास…