23
Aug
अफगानिस्तानबाट अमेरिकाले आफ्ना सैनिक फिर्ता लगेपछि त्यहाँ मच्चिएको अव्यवस्थाले विश्वमा अब अमेरिकी प्रभुत्व अन्त्य भएको टिप्पणीहरू गरिन थालेका छन् । अगस्ट ३१ सम्ममा आफ्ना सबै सैनिक अफगानिस्तानबाट हटाउने भनी राष्ट्रपति जो बाइडनले घोषणा गरेलगत्तै तालिबानले देशमा एकपछि अर्को गर्दै द्रुत गतिमा विजय प्राप्त गर्यो । अमेरिकाले आफ्ना सबै नागरिकलाई सुरक्षित रूपमा त्यहाँबाट बाहिर निकाल्न सकेको छैन र त्यसका लागि अगस्ट ३१ पछि पनि बसिरहनुपर्ने बताएको छ । तर तालिबानले अगस्ट ३१ को भाखा नघाएर एक दिन पनि बढी अमेरिका अफगानिस्तानमा बस्दा गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी दिएको छ । अफगानिस्तान छोड्न खोजेका केही अमेरिकी नागरिकलाई तालिबानले कुटपिट गरेको अमेरिकाका रक्षामन्त्री लोयड…