01
Sep
नेपालसँग जोडिएको भारतीय राज्य उत्तर प्रदेशका केही जिल्लामा एक साताभन्दा बढी समयदेखि बालबालिकाहरू उच्च ज्वरो आउने र पसिनामा भिजेर बिउँझिने समस्याबाट पीडित छन्। तीमध्ये धेरै जनामा जोर्नी दुख्ने, टाउको दुख्ने, शरीरमा पानी कम हुने र रिँगटा लाग्ने लक्षण देखिएको छ। केहीको भने हातखुट्टामा डाबर आएको पाइन्छ। उत्तर प्रदेशभित्र पूर्वतिरका छ जिल्लामा अधिकांश बालबालिकासहित कम्तीमा ५० जनाको ज्वरोले मृत्यु भएको छ भने केही सय बिरामी अस्पताल भर्ना भएका छन्। मृत्यु भएका कसैलाई पनि कोभिड भएको थिएन। कोरोनाभाइरसको घातक दोस्रो लहरबाट भारत बिस्तारै मुक्त हुँदै गरेको समयमा उत्तर प्रदेशमा भएको मृत्युलाई सञ्चारमाध्यमहरूले "अज्ञात ज्वरो"ले भारतको सबैभन्दा सघन बस्ती भएको राज्यका गाउँहरूलाई आक्रान्त…