01
Jul
भारतमा कोरोना महामारीको दोस्रो लहर न्यूनीकरण हुँदै जाँदा बेरोजगरी दर पनि क्रमशः घट्न थालेको छ । भारतीय अर्थतन्त्र सम्बन्धी तथ्यांक राख्ने ‘सेन्टर फर मनिटरिङ इन्डियन इकोनोमी’ को रिपोर्ट अनुसार जुन महिनामा भारतको बेरोजगारी दर घटेर ९.१९% मा सीमित भएको छ । मे महिनामा भने बेरोजगारी दर ११.९% रहेको थियो । आर्थिक गतिविधि पुनः लयमा फर्किएपछि बेरोजगारी दर घटेको रिपोर्टमा उल्लेख छ । भारतमा बेरोजगारी दर कोरोना महामारी भन्दा अघिकै अवस्थामा फर्किसकेको भने छैन । महामारी भन्दा अघि बेरोजगारी दर ६%–७% मात्र थियो । यद्दपि, घट्दोक्रममा रहेकाले छिट्टै नै बेरोजगारी दर महामारी भन्दा अघिकै अवस्थामा सीमित हुने अनुमान गरिएको छ ।…