29
Mar
रुसको कब्जामा रहेका क्षेत्रहरूमा युक्रेनी नागरिकहरूलाई जबरजस्ती बेपत्ता पारिएको र हिरासतमा लिइएको संयुक्त राष्ट्र सङ्घले जनाएको छ । गत साता ३६ जना युक्रेनी नागरिकहरू रुसी नियन्त्रणमा रहेका थिए तीमध्ये अधिकांशको परिवारले नियन्त्रणमा लिइएका आफन्तबारे कुनै जानकारी पाएका छैनन् । रसियाले युक्रेन माथि हमला सुरु गरेको एक महिना नाघी सकेको छ । निरन्तरको हमलाको कारण युक्रेनीहरू बढ्दो अपहरण र धम्कीले आफूहरू त्रासमा रहेको बताएका छन्। हाल युक्रेनमा जारी युद्धको अवस्थालाई मध्यनजर गर्दा युक्रेनमा पछिल्लो समय महिलाहरूले थप यातना र चुनौती भोग्न परेको घटनाहरू सार्वजनिक हुन थालेका छन् । मार्च १५ मा पत्रकार भिक्टोरिया रोश्चीना देशको पूर्वी भेगमा काम गरिरहेको अवस्थामा अज्ञात…