09
Jul
यूकेको तेल कम्पनी केअर्न एनर्जीले करसम्बन्धी एक लामो विवादमा फ्रान्समा रहेका भारतीय सरकारको दुई करोड अमेरिकी डलर बराबरको सम्पत्ति जफत गर्ने अधिकार प्राप्त गरेको छ। फ्रान्सको एक न्यायाधिकरणले प्यारिसमा रहेका भारतका २० वटा अचल सम्पति रोक्का गर्ने आदेश दिएको हो। केअर्नले एक अर्ब २० करोड अमेरिकी डलरको विवादमा भारतसँग आपसी सहमतिको समाधान चाहेको बताएको छ। भारतीय सरकार स्रोतले फ्रान्सेली अदालतको आदेश प्राप्त भएपछि त्यसको कानुनी उपचार खोज्ने बताएको छ। त्यतिबेला पुरानो करको विषयलाई लिएर भारतको कर कार्यालयले केअर्नले बेच्न चाहेको भारतस्थित व्यवसायको १० प्रतिशत शेयर कब्जा गरेको थियो। केअर्नले यो विवादलाई अन्तर्राष्ट्रिय न्यायाधिकरणमा लिएर गएको थियो। सन् २०२० डिसेम्बरमा भारत…