17
Jul
जापानमा यसै साता सुरु हुने टोकियो २०२० ओलम्पिकमा सहभागिता जनाउन पुगेका युगान्डाका एक खेलाडी आफ्नो होटेलबाट भागेका छन् । २० वर्षीय भारोत्तोलन खेलाडी जुलिअस सेकितोलेको प्रशिक्षण क्याम्पमा रहेको बेलामा टिम होटेलबाट नै फरार भएका हुन् । शुक्रबार गरिएको नियमित कोरोना परिक्षणमा सहभागी नभएपछि उनको कोठामा खोज्न जाँदा उनी त्यहाँ नरहेको थाहा भएको थियो । गत महिना नै जापान आइपुगेर प्रशिक्षणमा रहेको टोलीका एक खेलाडी र एक प्रशिक्षकमा गत महिना कोरोना संक्रमण देखिएको थियो । त्यसयता टोली ओसाकाको इजुमिसनोमा प्रशिक्षण गरिरहेको थियो । युगान्डाको भारोत्तोलन संघका अध्यक्ष सलिम मुसोकेले जुलिअस प्रतियोगितामा सहभागी हुन अयोग्य रहेपछि केहि दिनमा नै फर्कने तयारीमा थिए…