27
Dec
दक्षिण अमेरिकी मुलुक ब्राजिलमा हप्तौंदेखिको अविरल वर्षाले दुई वटा बाँध भत्किएका छन्। उत्तरपूर्वी राज्य बाहियामा रहेको दुई वटा बाँध भारी वर्षाका कारण भत्किएको समाचार संस्था रोयटर्सले जनाएको छ। भारी वर्षाका कारण नदीहरूमा पानीको बहाव बढेको छ। यस्तै शहरहरूमा पनि बाढी पसेको छ। भिटोरिया-दा- कनक्विस्टाको भेररूगा नदीमा बनेको इगुवा बाँध शनिबार राति भत्किएको थियो। बाँध फुटेपछि स्थानीयहरूको स्थानान्तरण गर्नु परेको थियो। भिटोरिया-दा-कनक्विस्टाका मेयर शिइला लिमोसले इगुवा बाँध नजिकैका बासिन्दाहरूलाई त्यो ठाउँबाट हटाइसकेको बताए। बाढी पसेपछि बिआर-११६ राजमार्ग पनि अवरूद्ध भएको थियो। त्यो ठाउँबाट १०० किलोमिटर उत्तरमा जुस्सियापेमा रहेको अर्को बाँध पनि भत्किएको छ। त्यो बाँध भने आइतबार बिहान भत्किएको हो। बाँध, सडक,…